सुदूरपश्चिमको सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश टेबल
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश टेबल भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आज आइतबारदेखि सुरु भएको पाँचौँ अधिवेशनको पहिलो बैठकमा सो अध्यादेश टेबल भएको हो ।
आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश जारी गर्नुपरेको अवस्था र कारण पेस गर्दै अध्यादेश पेस गरेका थिए । उनले देशको राजनीतिक कारण र सरकार परिवर्तन हुँदा प्रदेश सरकारको बजेट पास नहुँदा राजश्व सङ्कलन ठप्प भएको उल्लेख गर्दै सेवा सुचारु गर्न अध्यादेश ल्याएको स्पष्ट पारे ।
प्रदेश सरकारले मौजुदा करका दरहरूलाई यथावत् राख्दै अध्यादेश जारी गरेको छ । अध्यादेश जारी गरेसँगै कर सङ्कलनको गाँठो फुकेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर सङ्कलन हुँदै आएको छ ।
निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेर असार १ गते प्रदेशसभामा प्रस्तुत बजेट पास हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण