बिहान एकजनासँग झगडा, साँझ अर्का युवकमाथि खुकुरी प्रहार
काठमाडौँ । काठमाडौँको भोटाहिटीमा साउन २५ मा खुकुरी प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२५ स्थित उग्रतारा मन्दिर अगाडि रुकुमपूर्व सिस्ने गाउँपालिका वडा नम्बर–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि खुकुरी प्रहार भएको थियो ।
सामान्य विवादमा युवकमाथि खुकुरी प्रहार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । संखुवासभा घर भएर काठमाडौँ बस्ने २५ वर्षीय मिङ्मा शेर्पाले खुकुरी प्रहार गरेका हुन । मिङ्मालाई खुकुरी ल्याएर दिएको आरोपमा ३० वर्षीय रिन्जी शेर्पालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मिङ्मा र अर्का एकजनाको बिचमा सोही क्षेत्रमा बिहान झगडा भएको थियो । साँझ सुमन मन्दिरसँगै साथीहरूसँग बसिरहेका थिए । मिङ्माले त्यहाँ पुगेर अन्धाधुन्द खुकुरी प्रहार गर्दा उनको टाउकोमा चोट लागेको एसपी आचार्यले बताए ।
एसपी आचार्य भन्छन्,‘बिहान पीडितकै समूहको अर्को युवकसँग झगडा भएको रहेछ, सामान्य निहुँमा खुकुरी प्रहार गरेको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण