धरान खानेपानी विवाद : पुरानै महसुल लिने सहमतिपछि आन्दोलन स्थगित
विराटनगर । धरान खानेपानी बोर्ड र स्थानीयबिच देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । खानेपानी बोर्डले खानेपानी महसुल वृद्धिको निर्णय गरेपछि त्यहाँका १० राजनीतिक दल तथा नागरिक समाजले आन्दोलन गर्दै आएका थिए ।
नगरप्रमुख हर्कराज राई साम्पाङसहितको उपस्थितिमा खानेपानी बोर्ड र दश दलीय संयुक्त संघर्ष समितिबिच आइतबार वार्ता भएको थियो । उक्त वार्तामा खानेपानी तथा सेवा महसुल निर्धारण आयोगलाई लिखित पत्र पठाई त्यहाँबाट आउने जवाफको आधार मान्ने र जवाफ नआउन्जेलसम्मको लागि पुरानै महसुल दर यथावत् राख्न पुनर्विचार गर्ने सहमति भएको छ ।
यस्तै धरान खानेपानी व्यवस्थापन बोर्डको पूर्णताको विषयमा उच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले अदालतबाट आउने आदेश अनुसार गर्ने र खानेपानी बोर्डको आयव्यय विवरण सात दिनभित्र सार्वजनिक गर्ने दुवै पक्षबिच सहमति भएको छ । सहमतिको निर्णयमा नगरप्रमुख साम्पाङसहित उपप्रमुख आइन्द्र विक्रम बेघा तथा राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
खानेपानीमा अस्वाभाविक मूल्य वृद्धि गरेको विरोधमा सुनसरी धरानका १० दलले केही दिनयता आन्दोलित बनेका थिए । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका नगर प्रमुख साम्पाङ भने महसुल वृद्धिको निर्णय फिर्ता नहुने अडानमा थिए । बोर्डको बैठक नबसी एकलौटी रूपमा नगरप्रमुखले बोर्डका अध्यक्षको हैसियतले निर्णय गर्दै खानेपानीको महसुल तथा शुल्क अवैज्ञानिक रूपमा वृद्धि गरेको १० दलको आरोप थियो ।
खानेपानी बोर्डले जारी गरेको नयाँ निर्णय अनुसार खानेपानी महसुलसँगै अन्य क्षेत्रमा पनि शुल्क वृद्धि गरिएको छ । जसमा जडान, होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महसुल वृद्धि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण