नेपालबाट छोटो प्रक्रियामा केयरगिभर लैजाँदै इजरायल
काठमाडौँ । इजरायलले नेपालबाट सहायक कामदार (केयरगिभर) लाई छोटो प्रक्रिया अपनाएर लैजाने भएको छ । इजरायलले मात्र गरेको दुई जना कामदारको छनौट प्रक्रिया जारी छ । इजरायलले उक्त छनौट प्रक्रियालाई जति सकिन्छ छोटो बनाउन खोजेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागको इजरायल÷जापान शाखाका निर्देशक गिरिराज ज्ञवालीले इजरायलले छोटो प्रक्रियाबाट छनोट गर्न खोजेको बताए । जति सकिन्छ चाँडो कामदार लैजान खोजेको भन्दै त्यसका लागि इजरायलकै आग्रहमा छनोट प्रक्रिया अघि बढिरहेको बताए ।
‘जुम मिटिङबाट के–के गर्ने भनेर भनिरहेका छन् । पहिला भाषा परीक्षा थियो । अहिले त्यो चाही ब्रिटिस काउन्सिलबाट लिएको भाषा परीक्षालाई नै मान्यता दिएको छ । थप भाषा परीक्षा हुँदैन,’ उनले भने ।
विभागले आवश्यक कागजात परीक्षण गरेर तीन हजार ४६१ जनाको सूची इजरायलस्थित पीबालाई पठाएको थियो । उक्त सूचीमा रहेका नाममा पीबाले नेमचेक गर्ने र त्यसपछि सूची विभागलाई पठाउनेछ । विभागले त्यसका लागि साउन २१ गते नै उक्त सूचीका लागि विवरण पठाएको थियो ।
पीबाले नेमचेक पछिको सूची विभागलाई पठाउने र विभागले पछि लक्की ड्रका लागि पठाउनेछ । लक्की ड्र मार्फत पीबाले एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार छनोट गर्नेछ ।
पीबाले लक्की ड्र मार्फत पठाएकाहरूको सूचीलाई नै विभागले अन्तिम मानेर स्वास्थ्य परीक्षणका लागि पठाउनेछ । त्यही सूचीलाई इजरायलीस्थित रोजगारदाता समक्ष पेस गरिनेछ । रोजगारदाताले कामदार छनौट गरेपछि उनीहरूले नै भिसा शुल्क तिरिदिनेछन् । त्यसपछि दूतावासमा गएर भिसा लगाउने र इजरायल जानका लागि उडान तालिका तय गर्ने कार्यतालिका रहेको उनको भनाइ छ ।
यो सबै प्रक्रिया पुरा गरेर सेप्टेम्बरको अन्तिमसम्ममा कामदार लैजाने चाहना इजरायलको रहेको उनको भनाइ छ । यसअघि अघिल्लो पटक भने उचाइ तथा तौल परीक्षणसँगै लिखित परीक्षा तथा अन्तर्वार्ता समेत गरिएको थियो । यो पटक भने उचाइ तथा तौल परीक्षण स्वास्थ्य परीक्षणकै समयमा हुने ज्ञवालीको भनाइ छ ।
विभागले गत असार ११ गते इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन (केयरगिभर) आवेदन माग गरेको थियो । जसमा चार हजार २४ जनाले आवेदन दिएका थिए । जसमध्ये तीन हजार ४६१ जनाको आवेदन मात्रै एप्रभु भएको थियो भने ५६३ जनाको आवेदन रिजेक्ट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण