ह्यारिसले एआईबाट र्यालीमा भिड देखाएको ट्रम्पको आरोप
वासिङ्टन डिसी । यतिबेला अमेरिकामा राष्ट्रपति निर्वाचनको व्यापक प्रचारप्रसार भइरहेको छ । उम्मेदवारहरू मतदातालाई आफूतिर तान्न भ्याइ नभ्याई गरेर र्याली गरिरहेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई धोखेबाज भनेका छन् ।
माइक्रोब्लगिङ वेबसाइट एक्सको एक पोस्टमा ट्रम्पले र्यालीमा ठुलो भीड देखाउन ह्यारिसले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेको आरोप लगाएका छन् ।
मिशिगनको डेट्रोइटमा भएको र्यालीको तस्बिरमा एयरपोर्टमा देखाइएको भीड नक्कली भएको ट्रम्पको भनाई छ । उनी चढेको विमान बाहिर विमानस्थलमा कोही नभएको अनि ठुलो भिड देखाउन एआईको प्रयोग गरेको भन्दै ट्रम्पले कमलालाई धोकेबाज भनेका थिए । ‘विमानस्थलमा ह्यारिसलाई कसैले पर्खिरहेका थिएनन् । डेमोक्रेटहरूले यसैगरी धोका दिएर चुनाव जित्छन् । कमलाको सबै कुरा नक्कली छ,’ ट्विटमा उनले लेखेका छन् ।
कमला ह्यारिस र टिम वाल्जको चुनावी अभियान टिमले ट्रम्पको आरोपको खण्डन गरेको छ । एक्समा र्यालीको वास्तविक तस्बिर पोस्ट गर्दै टोलीले भनेको छ, ‘१५ हजार मान्छेको भीडको वास्तविक तस्बिर यही हो,’ पोस्टमा लेखिएको छ । पोस्टमा ट्रम्पको ऊर्जा घट्दै गइरहेको भनेर लेखिएको थियो । एक हप्तायता ट्रम्पले स्विङ्ग स्टेटमा कुनै प्रचारप्रसार गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण