बङ्गलादेशमा रहेका नेपालीलाई सकुशल स्वदेश फर्काउन मुस्लिम इत्तेहात संगठनको माग
काठमाडौँ । मुस्लिम इत्तेहात संगठन नेपालले बङ्गलादेशको आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलङ्घन, जातीय र धार्मिक स्वतन्त्रताको उलङ्घनको विपक्षमा रहेको स्पष्ट पारेको छ ।
सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँले सोमबार विज्ञप्ति जारी गर्दै बङ्गलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नचाहने तत्त्वहरूले फैलाउन खोजिरहेको गलत क्रियाकलापप्रति असहमति जनाएका छन् ।
‘जातीय, धार्मिक र सामुदायिक सद्भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ’, अध्यक्ष मियाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सङ्गठनले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी, व्यवसायी र पर्यटकको सुरक्षा तथा नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ ।
‘साथै खुल्ला सिमानाको कारण बङ्गलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहन्छ । त्यसैले विगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी शरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन अपिल गर्दछौँ’, सङ्गठनले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण