कर्णाली प्रदेश अस्पतालको सेवा प्रवाहमा लापरबाही भइरहेको विषयले पायो संसद्मा प्रवेश
सुर्खेत । देशकै उत्कृष्ट मानिएको कर्णाली प्रदेश अस्पतालभित्र सेवा प्रवाहको विषयमा चरम लापरबाही भइरहेको भन्दै संसद्मा कुरा उठेको छ । पूर्व कानुन मन्त्री एवं माओवादी केन्द्रका सांसद कृष्णबहादुर जिसीले प्रदेश अस्पतालभित्र व्यापक लापरबाही भइरहेको र नागरिकको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै सोमबारको प्रदेशसभा बैठकमा प्रश्न उठाए ।
केही दिनअघि एच–पाइलरीको चेकअपका लागि पुगेकी एक बालिकाको पिसाब परीक्षणको नमुना दिँदा दिसासहितको रिपोर्ट निकालेर दिएका थिए । दिसाको नमुना नै परीक्षण नगरेर रिपोर्ट निकाल्नु आफैँमा ठुलो लापरबाही भएको र अस्पतालका कर्मचारीहरूले गैर–जिम्मेवार जवाफ दिने गरेको जिसीले बताए ।
केही समयअघि मात्रै हिँडेर अस्पताल पुगेकी एक महिलाको डाक्टरहरूको लापरबाहीकै कारणले ज्यान गएको थियो । प्रदेश सरकार मातहत रहेको उक्त अस्पतालमा यस्ता खालका घटनाहरू निरन्तर भइरहे पनि सरकारले ध्यान नदिएको भन्दै जिसीले सेवा प्रवाहमा देखिएको लापरबाहीको विषयमा एक छानबिन समिति नै बनाएर अध्ययन गरिनुपर्ने बताए ।
उनले भने, ‘बाहिरबाट हेर्दा निकै आकर्षक तर भित्रको व्यवस्थापकीय अवस्था र कामको प्रकृति हेर्दा ठुलो लापरबाही भइरहेको छ । यो विषय छानबिनको दायरामा ल्याइनुपर्छ । हिँडेर अस्पताल पुगेकी महिलाको मृत्यु प्रमाणपत्र हातमा थमाइयो । तर छानबिन भएन । अब छानबिनको विषय बनाइनुपर्छ ।’
जिसीले अस्पतालमा कर्मचारी भर्ना गर्दा कुन विधिबाट गरिएको हो भन्दै प्रश्न उठाए । उनले अगाडि थपे, ‘ती कर्मचारी सक्षम हुन कि होइनन्, अब कर्मचारी भर्ना गर्ने हो भने लोकसेवाको वैकल्पिक सूचीबाट भर्ना गरौँ । सिधा भर्ना गरेर नागरिकको सेवा गर्नतर्फ ती कर्मचारी कत्तिको हुन्छन् ? यो विषय गम्भीर विषय हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण