कांग्रेस बैठकमा सरकार सफल बनाउनेमा जोड, संविधान संशोधनको कुराप्रति चासो
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् । केही दिनदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै नेताहरूले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउनुपर्नेमा जोड दिएका हुन् ।
सोमबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूले सरकारलाई असफल हुने छुट नभएको धारणा राखेका बताए । उनले कांग्रेसका मन्त्रीहरूले सुशासनको विषयमा खरो रूपमा उत्रिएर सरकारमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएको बताए । त्यसैगरी केन्द्रीय सदस्यहरूले पार्टीको महासमिति बैठकमा आएका सुझावहरूको प्रतिविम्बको रूपमा केन्द्रीय समितिको निर्णय आउनुपर्ने पनि बताएका थिए । नेताहरूले पार्टी संगठनलाई बलियो बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने पनि बताएका थिए ।
प्रवक्ता महतले गठबन्धन सरकार बनाउँदा गरिएको सहमतिमा संविधान संशोधनको बुँदा पनि समेटिएको भन्दै नेताहरूले संविधान संशोधनको रूप कस्तो हुने भनेर चासो पनि राखेका जानकारी दिए । समावेशिताको मर्म र भावनालाई कमजोर नगरी संशोधन गर्नुपर्नेमा नेताहरूले जोड दिएको उनको भनाई छ ।
उनले भने, ‘गठबन्धन सरकार सफल हुनुपर्छ । असफल हुने सुविधा हामीलाई छैन । तर सँगसँगै जागरूक हुनुपर्छ कि हाम्रो जुन मूल्य र मान्यताहरू छन् । सुशासनका विषयहरू छन् । यसमा खरो उत्रिएर सरकारमा बसेर सशक्त भूमिका निर्वाह गर्नुपर्छ नेपाली कांग्रेसका मन्त्रीहरूले गर्नुपर्छ भन्नेकुरा आएको छ । महासमितिमा जुन मत सुझावहरू आए त्यसको सही प्रतिबिम्ब निर्णयमा हुनुपर्छ । पार्टीलाई बलियो बनाउनेतिर सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्छ । पार्टीभित्र एकता र एक्सनमा पनि एकता देखिन सक्यो भने मात्रै आगामी निर्वाचनमा हामी सशक्त ढंगले प्रतिपक्षसँग मुकाबिला गर्न सक्छौँ र बहुमत ल्याउने अवस्थामा आउन सक्छौँ ।’
प्रवक्ता महतले केन्द्रीय समिति बैठक आगामी भदौ ७ गते दिउँसो १ बजे बस्नेगरी बोलाइएको जानकारी दिए । बैठकमा पदाधिकारी र पूर्व पदाधिकारीहरूले बोल्न बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण