भारतीय विदेश सचिव मिस्री स्वदेश फर्किए

काठमाडौँ । नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन् । आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्री सोमबार साँझ स्वदेश फर्किएका हुन् ।
नेपाल भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
यस्तै सोमबार भारतीय विदेश सचिव मिस्रीले सोमबार आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरूबिच भारत र नेपालबिचको बहुआयामिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको थियो ।
दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु
-
प्रगतिवादी साहित्य चिन्तन र लेनिन
-
काठमाडौँसहित विभिन्न स्थानमा सवारी दुर्घटना, ६ जनाको मृत्यु