पोखरामा चक्कु देखाएर सुन र पैसा लुटपाट
पोखरा । पोखराको लेकसाइडमा चक्कु देखाएर एक महिलाबाट सुन र पैसा लुटिएको छ । बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले २ तोलाको सिक्री र १२ हजार चोरेका हुन् । उनको साथबाट ज्याकेट पनि चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तत्कालै घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो । पोखरा १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षका रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास घर भइ पोखरा ५ बस्ने १८ वर्षका अनिश भट्ट पक्राउ परेका छन् । उनीहरूको साथबाट ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल बरामद भएको छ ।
यस्तै, सिक्री बेचेर बाँकी रहेको रकम १ लाख ३ हजार ५ सय पनि बरामद गरेको छ । उक्त सिक्री पोखरा ४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद बिक र एसपि मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई पनि नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण