‘ज्वाइँ साब’ फूलपातीमा रिलिज हुने
काठमाडौँ । वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ फूलपातीमा रिलिज हुने भएको छ । निर्माण टिमले मंगलबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो
फिल्म असोजको २४ गते फूलपातिबाट देशभरका हलमा रिलिज हुने निर्देशक निरौलाले बताए । फिल्मको एक गीतको मात्र छायाङ्कन गर्न बाँकी छ । हाल फिल्मको धमाधम पोष्ट प्रोडक्शनको काम भइरहेको छ ।
दसैँको लामो बिदाको फाइदा उठाउने योजनामा निर्माण पक्ष लागेको देखिन्छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको यो फिल्मको शीर्ष भूमिकामा कलाकार जितु नेपाल छन् । उनलाई नायिका नीति शाहले साथ दिएकी छिन् ।
फिल्ममा बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मका प्रस्तुततकर्ता पण्डितले सबैसँग सल्लाह गरेर फूलपातीमा फिल्म रिलिज गर्न लागिएको जानकारी दिए । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण