नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन रास्वपा सांसद गौतमको आग्रह
मङ्गलबार, २९ साउन २०८१, १३ : २८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम हवाई दुर्घटनामा गम्भीर हुन सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले यसअघि नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक तत्काल अघि बढाउन पनि उनले माग गरिन् ।
‘ईयूको कालोसूचीमा पर्नुदेखि अहिले भएका सबै घटनाले हाम्रो नियामक निकाय असफल भइसकेको पुष्टि भएको छ’ उनले भनिन्, ‘अघिल्लो पटक नागरिक उड्डयन प्राधिकरणलाई अलग गर्ने विधेयक आएको थियो । तर अलपत्र भएको छ ।’
उनले प्रधानमन्त्रीलाई यो विधेयक ल्याउन माग गरिन् । जनताको मृत्यु भनेको सत्ताको खेलमा आहुति दिने कुरा नभएको भन्दै उनले हवाई दुर्घटनामा गम्भीर हुन आग्रह गरिन् । उनले हवाई सेवा प्रदायक निकाय र नियामक निकायलाई अलग गराउने कार्य तत्काल होस् भनी माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण