फिल्म ‘जन्ते बाख्रो’मा भित्रिए आशिफ
काठमाडौँ । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘जन्ते बाख्रो’मा अभिनेता आशिफ शाह अनुबन्धित भएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा शाह भित्र्याएको हो ।
यसअघि अभिनेता सौगात मल्ललाई भित्राइएको फिल्ममा अभिनेत्री छनौटको क्रममा छ । निर्देशक सिमोस हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै फिल्मको छायाङ्कन तिहारपछि सुरु हुने बताइएको छ । छायाङ्कन ढिलो हुने भएकोले पनि कलाकार छनौटमा ढिलाइ भएको हो ।
सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा सिनेमा ‘जन्ते बाख्रो’ निर्माण हुन लागेको शीर्षकले बुझाउँछ ।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ । फिल्मको कथावस्तु यसैको वरिपरि आधारित रहने बताइन्छ ।
मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सुनुवार र सन्तोष गौतमको लगानी रहनेछ । फिल्मको छायाङ्कन हरि हुँमागाईले गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण