ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ को प्रयोग सुरु
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।
बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडिएन्ट इन्फोटेक नेपाल प्रालिबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने कम्पनीको भनाई छ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण