ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ को प्रयोग सुरु
_fEqiSHxr9E.jpg)
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।
बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडिएन्ट इन्फोटेक नेपाल प्रालिबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने कम्पनीको भनाई छ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेस गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष