लामो समय टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालमा
काठमाडौँ । नेपाली बजारमा अनरले ‘एक्स’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन उपलब्ध गराएको छ। अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले बजारमा ‘अनर एक्स६बी’ उपलब्ध गराएको हो।
फोनमा लामो समयसम्म टिक्ने ब्याट्री, बढी स्टोरेज, स्तरीय क्यामेरा जस्ता फिचर रहेको कम्पनीले जनाएको छ। एकल चार्जमा दुई दिनसम्मको दैनिक प्रयोगको सुविधा दिँदै स्मार्टफोनको मूल भागमा पावर(कुशल मिडियाटेक हेलियो जी८५ लाई पावर गर्न ठूलो ५२०० एमएएच ब्याट्री राखिएको छ।
यो फोन ३५ वाट अनर सुपरचार्ज प्रविधिसँग सुसज्जित छ। प्रयोगकर्ताहरूले एकै ट्यापमा टर्बो चार्जिङ मोड सक्रिय गर्न सक्नेछन्।
एक हजार चार्ज साइकलपछि पनि ब्याट्रीले चार वर्षको भरपर्दो सेवाको बराबर आफ्नो क्षमताको ८० प्रतिशत कायम राख्ने कम्पनीको दाबी छ। अनर एक्स सिक्स बीमा १२८ जिबीको उच्च स्टोरेज रहेको छ, जसमा अनर र्याम टर्बो टेक्नोलोजी छ।
यसले फ्ल्यास मेमोरीको एक भाग प्रयोग गरेर उपलब्ध र्यामलाई ६ जिबीदेखि १२ जिबीसम्म प्रभावकारी रूपमा दोब्बर बनाउँछ। अनर एक्स सिक्स बी स्टेरी पर्पल, मिडनाइट ब्ल्याक र फरेस्ट ग्रिन तीन रंगमा उपलब्ध छ। यो फोनको मूल्य (६+२८)भेरियन्टका लागि १६,९९९ रुपैयाँ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण