बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता, आज बयान गराइँदै
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ । सरकारी वकिलले कसुरदारहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बापत रकम जम्मा गराउन पनि मागदावी लिएका छन् ।
झालाई एकिकृत कसुरमा पनि थप सजाय हुनुपर्ने सरकारको मागदाबी छ । अभियोग पत्रमा भनिएको छ– ‘सङ्गठित रुपमा आवद्ध भई नियोजित तरिकाले एकै वारदातमा एकभन्दा बढी कसुर गरेको देखिएपछि मुलुकी अपराध संहिता–२०७४ को दफा ४३ को १ बमोजिम थप सजाय हुनुपर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण