बेचन झाविरुद्ध अदालतमा मुद्दा दर्ता, आज बयान गराइँदै

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ । सरकारी वकिलले कसुरदारहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बापत रकम जम्मा गराउन पनि मागदावी लिएका छन् ।
झालाई एकिकृत कसुरमा पनि थप सजाय हुनुपर्ने सरकारको मागदाबी छ । अभियोग पत्रमा भनिएको छ– ‘सङ्गठित रुपमा आवद्ध भई नियोजित तरिकाले एकै वारदातमा एकभन्दा बढी कसुर गरेको देखिएपछि मुलुकी अपराध संहिता–२०७४ को दफा ४३ को १ बमोजिम थप सजाय हुनुपर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?