जापानका प्रधानमन्त्रीले पार्टी निर्वाचन नलड्ने
टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय गरेका छन् । योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ ।
‘पार्टीलाई नयाँ सुरुवात चाहिएको छ,’ किशिदाले आफ्नो निर्णयबारे बताएका छन् । सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि ६७ वर्षीय किशिदाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।
हालैका वर्षहरूमा जापानमा किशिदाको जनसमर्थन घट्दै गएको छ । एलडीपीभित्र एकपछि अर्को गर्दै भ्रष्टाचार र घोटालाका कारण किशिदालाई समर्थन गर्नेको संख्या घट्दो छ ।
यसबाहेक पनि सरकारले बढ्दो महँगी, जापानी येनको तीव्र अवमूल्यन जस्ता समस्या पनि भोगिरहेको छ । पार्टीभित्र किशिदाको नेतृत्वमा एलडीपीले आमनिर्वाचन जित्ला कि नजित्ला भन्ने शंका पनि चुलिएको बेलामा किशिदाले यो निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण