नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : सदस्य गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सदस्यहरुले नीति पालना नगरे सभाबाटै विदा गर्नेगरि नीति ल्याउनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्नेबारे सरोकारवालाहरुसँगको छलफलमा उनले मुलुकमा सुशासन कायम गर्न प्रतिनिधि, राष्ट्रिय सभा र प्रदेश सभाहरुमा समेत नीति कार्यान्वयन नगरे पदबाट विदा हुनेगरि नीति ल्याउनुपर्ने बताए ।
सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सदाचार नीति अपरिहार्य रहेको उनको भनाइ छ ।
उनले भने, ‘राष्ट्रिय सभाका सदस्यहरुको सदाचार नीति के हुन्छ ? यदि त्यो पालना गरेको छैन भने राष्ट्रिय सभाबाट विदा हुनुपर्दछ । प्रतिनिधि सभा, प्रदेश सभा लगायत कुन ठाउँमा त्यस्तो छ त्यही हुनुपर्दछ । हामी सुशासन कायम गर्न चाहान्छौं । हामी हाम्रो संस्कृतिलाई उन्नत बनाउने र सभ्य बनाउन चाहान्छौं भने त्यसका लागि कँहि न कँहिबाट जोडबल दिन आवश्यक छ । सभ्य र सुसंस्कृत नेपाली जनताको लागि हामीले सदाचार नीति आवश्यक छ यसमा गहन छलफल हुनुपर्दछ ।’
समाज, विद्यार्थी, सुरक्षा लगायतका क्षेत्रहरु तोकेर सदाचार नीति बनाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘आचरण र आचारसहिंता व्यक्तिले लागु गर्ने हो । संस्थालाई पनि व्यक्ति मानेर गराउनुपर्छ । यो संस्थाले पालना गर्नुपर्ने भनेर व्यक्तिलाई जसरी भन्न सकिन्छ । सधैंभरि हामी यसबारे छलफल गर्ने तर नहुने हो भने राष्ट्रिय सभाले केही विज्ञहरुलाई अगाडि सारेर सदाचार नीति नै बनाउनुपर्छ । परिवार, विद्यार्थी, सेना प्रहरी र कर्मचारीहरुको लागि जस्तै क्षेत्रहरु तोकेर सदाचार नीति लागु गर्नुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण