टीआरसी विधेयकले पीडितलाई केन्द्रमा राखेको छ : मुख्य सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदमा छलफल चलिरहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितलाई केन्द्रमा राखेर आएको दाबी गरेका छन् । उनले प्रतिनिधिसभामा बोल्दै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन ,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई तीन विषयमा केन्द्रित राखेर ल्याएको उनको दाबी थियो ।
उनले पीडित, अन्तर्राष्ट्रिय समुदाय र सर्वोच्चको फैसलालाई केन्द्रमा राखेर बनेको दाबी गरे । ‘यो विधेयकलाई हामीले टुङ्गोमा पुर्याउन सबैको सहयोगसँगै मेहनत गरेका छौँ । यो साझा दस्ताबेजको रूपमा संसदमा आएको छ’ उनले भने, ‘सबैको अथक मेहनतबाट यो कानुन निर्माण सम्भव भएको हो ।’ उनले संयुक्त राष्ट्रसंघका महासचिवले यही संसदमा विधेयक पीडित मैत्री हुनुपर्ने भनेको कुरा पनि उनले स्मरण गरे ।
उनले यो प्रतिवेदनले पीडितलाई केन्द्रमा राखेको दाबी गरे । उनले यो कानुनले एकातर्फ पीडितलाई केन्द्रमा राखेर र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्याय सम्बन्धमा गरेको आदेशलाई समेत नजिरको रूपमा सम्बोधन गरेको दाबी उनले गरे ।
उनी यो विधेयक टुङ्ग्याउन लामो समयदेखि सक्रिय भएका थिए । सरकारको कार्यदलको तीन सदस्य मध्ये उनी एक हुन् । उनीसहित उक्त संयन्त्रमा गृहमन्त्री रमेश लेखक, माओवादीबाट जनार्दन शर्मा पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण