घटी सजायलाई जबरजस्ती स्थापित गर्ने कोसिस भइरहेको छ : बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले ७५ प्रतिशत सजाय छुट दिँदै सजाय नै नगर्ने गरी भइरहेको चर्चा र हल्ला गलत भएको दाबी गरेका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा बोल्दै यो गलत प्रचार भएको दाबी गरे ।
वर्तौलाले सर्तसहित यस्ता सजाय छुट दिने र अरू गम्भीर प्रकारका अपराधमा लागू नहुने सर्त पनि राखिएको दाबी गरे । यो विषयमा घटी सजाय गरी पीडक मैत्री छ भनेर जबरजस्ती स्थापित गर्ने कोसिस भइरहेको दाबी समेत उनले गरे । उनले यो नियमित फौजदारी कार्य नभएकाे, निश्चित उद्देश्य र कामका लागि भएकाले यसमा त्यो नजिर वा सजाय लागू नहुने दाबी गरे ।
उनले दण्डात्मक र प्रतिशोधात्मक भन्दा मेलमिलाप र सजायमा निर्भर हुने बताए । उनले कोलम्बियाको प्रक्रिया हेर्न जरुरी हुने समेत दाबी गरे । वर्तौलाले त्यहाँ जसरी दिगो शान्ति स्थापना गर्ने काम भयो नेपालले पनि त्यही गर्न खोजेको बताए ।
उनले यही कारणबाट समाजमा मेलमिलाप हुने दाबी गरे । साउथ अफ्रिकाको उदाहरण दिँदै नेल्सन मल्डेलाले जसरी शान्ति प्रक्रिया टुङ्गोमा पुर्याए त्यही नेपालले पनि गर्नुपर्ने उनकाे भनाइ छ । साउथ अफ्रिकामा फरगिभ वन नट फर्गेटको सिद्धान्त लागू गरेको भन्दै उनले त्यहाँ त्यही सफल भएको दाबी समेत गरे । मल्डेलाले ‘माफी देऊ तर नबिर्स’ भनेर संक्रणकालीन न्याय प्रक्रिया टुङ्गोमा पुर्याएको कुरा मनन गर्नुपर्ने उनले बताए ।
घटी सजाय भनेकै आधारमा सबैमा उन्मुक्ति नहुने दाबी गर्दै उनले आपराधिक घटनामा पनि सजाय छुट दिने कुरा सर्तसहित राखिएकोले यसलाई धेरै प्रचार गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण