सुनका गरगहना किन्ने बहानामा चोरी गर्ने पक्राउ, किन्ने व्यवसायी पनि फन्दामा
काठमाडौँ । सुनको गहना किन्ने बहानामा चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २५ गतेन्युरोडस्थित नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी २ तोला २० लालको सिक्री लिई फरार भएकी लिना नकर्मीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले नकर्मीलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको बताए ।
अनुसन्धानको क्रममा नमर्कीले चोरी गरेका सुनका गरगहना न्युरोड स्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने खुलेको उनले बताए । लगत्तै प्रहरीले जगन्नाथ ज्वेलर्सका सञ्चालक चित्र रञ्जन हजारालाई समेत पक्राउ गरेर अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको उनले जानकारी दिए ।
अनुसन्धानको क्रममा नकर्मीले यसअघि पनि चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको आचार्यले बताए । नकर्मीको साथबाट पुष्टि हुन नसकेको अन्दाजी २ तोला बराबरको सुनको सिक्री समेत बरामद भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण