आलोचकलाई रोनाल्डोको जवाफ
रियाद । निकै निराश युरो २०२४ पछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः मैदानमा फर्किएका छन् । बुधबार साउदी सुपर कप अन्तरगतको खेलमा फर्कँदै उनले शानदार प्रदर्शन गरेका हुन् ।
अल तावुनलाई २–० गोलले हराउने क्रममा रोनाल्डोले अल–नासरका लागि एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेका हुन् । खेलको आठौँ मिनेटमा उनको पासमा आयमान याह्याले गोल गर्दै अल–नासरलाई अग्रता दिलाए ।
रोनाल्डोले सन् २०२४–२५ सिजनको पहिलो गोलका लागि धेरै पर्खनुपरेन । ५७ औँ मिनेटमा उनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
पाँच पटकको बालोन डी’ओर विजेताले दोस्रो गोल गर्ने अवसर पनि पाएका थिए । तर उनको प्रहार पोस्टमा लागेको थियो ।
यसअघि पहिलो हाफमा उनले साडियो मानेका लागि पनि गोलको अवसर सिर्जना गरेका थिए । तर, अल तावुनका गोलकिपरले सुन्दर बचाऊ गरे ।
अब प्रतियोगिताको फाइनलमा टोलीले अल हिलालको सामना गर्नेछ । खेल शनिबार हुनेछ ।
यो खेल जिते क्लबसँग रोनाल्डोको दोस्रो उपाधि हुनेछ । यसअघि उनले सन् २०२३ मा क्लबसँग अरब क्लब च्याम्पियनसिप कप हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण