चन्द्रागिरि हिल्सको नाफा दोब्बरले बढ्यो, प्रतिसेयर आम्दानी कति छ ?
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको नाफामा दोब्बर वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो वर्ष २२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको हो ।
तुलनात्मक रूपमा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ९९.३९ प्रतिशतले नाफा वृद्धि गरेको हो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन नाफा बढेर १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९१ करोड ३४ लाख रहेको यस्तो आम्दानी बढेको र यता वित्तीय खर्च घटेकाले पनि कम्पनीको नाफामा सुधार आएको हो ।
कम्पनीका अनुसार अघिल्लो वर्ष २८ करोड ५० लाख रुपैयाँ बराबर रहेको वित्तीय खर्च यो वर्ष घटेर २३ करोड १७ लाख काय भएको छ । यस्तै समीक्षा अवधिमा कम्पनीले अन्य आम्दानीबाट १ करोड १ लाख रुपैयाँ समेत कमाएको जनाएको छ ।
२०८१ असार मसान्तसम्म चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष७ करोड ६ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४.५६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण