जवाफ दिनुअघि प्रचण्डले गरे पदाधिकारीसँग छलफल
बिहीबार, ३१ साउन २०८१, १३ : ५०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु हुनुअघि अध्यक्ष प्रचण्डले पदाधिकारीसँग छलफल गरेका छन् । स्थायी समितिले तय गर्ने एजेन्डा र बैठकमा उठेका प्रश्नको हल खोज्न अध्यक्ष प्रचण्डले पदाधिकारीसँग छलफल गरेका हुन् ।
आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिइरहेको महासचिव देव गुरुङले जानकारी दिए । साउन २५ गते सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँँ कार्यभार’ सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
चार दिनसम्म चलेको छलफल र बहसमा नेताहरूले नीति, नेतृत्व र पार्टी निर्माणको सम्बन्धमा गम्भीर प्रश्न उठाएका थिए । बैठकमा उठेका प्रश्नको जवाफ प्रचण्डले दिएपछि बैठक आजै सकिने गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण