भ्रष्टाचारको हदम्यादमा हाम्रो केही छैन तपाईंहरु नै निर्णय लिनुस् : प्रमुख आयुक्त रार्ई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा कुनै पनि हदम्याद राख्ने वा नराख्नेबारे आफूहरूको कुनै भनाई नभएको दाबी गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आयोगलाई आवश्यक ऐन बनाउने अधिकार संसद्को भएको र विद्धानहरूले सबै कुरा राखिसकेको भन्दै त्यसबारे संसद्ले नै निर्णय गर्नुपर्ने बताए ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक माथिको छलफलमा अख्तियार प्रमुख राईले हदम्यादबारे निर्णय गर्ने अधिकार संसद्लाई रहेको भन्दै उनीहरूलाई नै जिम्मा दिए । प्रमुख आयुक्तले खुलेर यो विषयमा नबोली संसद्लाई जिम्मेवारी दिन खोजेको देखिन्छ ।
‘अनुसन्धानमा ५ वर्षपछि हदम्याद लाग्ने भनेर आएको छ । बिगो नलाग्नेमा यस्तो व्यवस्था प्रस्तावित छ । तर सरकारी सम्पत्तिको हानी नोक्सानीमा हदम्याद लाग्दैन’ राईले भने– ‘तथापि यो विषयमा धेरै विद्वानहरूले राय व्यक्त गरिसकेका छन् । संसद्ले नै यो विषयमा उचित निचोड निकाल्नु उपयुक्त हुन्छ । हाम्रो त्यस्तो हार्ड एन्ड फास्ट केही छैन ।’
ऐनमा राखिएको पाँच वर्षे हदम्यादले ठुला भ्रष्टाचारमा अनुसन्धान नहुने भनी प्रश्न उठेको समयमा अख्तियारका प्रमुख आयुक्तको यस्तो भनाई आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण