मौलिक हक उपभोगमा ऐन कानुन बाधक बन्न हुँदैन: मन्त्री काफ्ले
हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नागरिकहरूका मौलिक हक अधिकार उपभोगका सन्दर्भमा ऐन कानुन बाधक बन्न नहुने बताएका छन् ।
समयानुकूल ऐन निर्माण गरेर नागरिकको मौलिक अधिकार प्रत्याभूति गराउन राज्यका संरचनाहरू गम्भीर ढङ्गबाट अघि बढ्न जरुरी रहेको उनले बताए ।
हेटौँडामा आयोजित बागमती प्रदेशमा बालश्रम र बालश्रम निवारणका लागि नीतिगत अवस्थाको बारेमा नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले व्यवहारिकता सहित प्रक्रिया अनुसार मौलिक हक अधिकारका सवालमा सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । मन्त्री काफ्लेका अनुसार राजनीतिक परिवर्तन पछिको परिस्थितिमा राज्यका निकायहरू सेवा प्रवाह र अधिकार प्रदानका विषयमा योजनाबद्ध ढङ्गबाट काम गर्नुपर्ने हुन्छ । राजनीतिक परिवर्तन पछिको उपलब्धिहरू संस्थागत गर्दै योजना कार्यान्वयनमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
बालश्रम अन्त्य र बालबालिकाका अधिकार संविधानमा नै मौलिक हकका रूपमा रहेको उनको भनाइ छ । प्रदेश सरकार नागरिकको मौलिक अधिकार प्रदान तथा बालश्रम न्यूनीकरणमा निरन्तर रूपमा प्रयत्न गरिरहेको उनले बताए ।
‘नागरिकलाई संविधानले व्यवस्था गरेको मौलिक हक अधिकार प्रदानमा सरकार जिम्मेवार हुन जरुरी रहेको छ । बाल अधिकार र बालश्रमका अन्य संविधानको मौलिक हक अन्तर्गतका विषय हुन । बालश्रम अन्त्य तथा बाल अधिकारका सवालमा प्रदेश सरकार प्रयत्नरत रहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण