मौलिक हक उपभोगमा ऐन कानुन बाधक बन्न हुँदैन: मन्त्री काफ्ले

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नागरिकहरूका मौलिक हक अधिकार उपभोगका सन्दर्भमा ऐन कानुन बाधक बन्न नहुने बताएका छन् ।
समयानुकूल ऐन निर्माण गरेर नागरिकको मौलिक अधिकार प्रत्याभूति गराउन राज्यका संरचनाहरू गम्भीर ढङ्गबाट अघि बढ्न जरुरी रहेको उनले बताए ।
हेटौँडामा आयोजित बागमती प्रदेशमा बालश्रम र बालश्रम निवारणका लागि नीतिगत अवस्थाको बारेमा नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले व्यवहारिकता सहित प्रक्रिया अनुसार मौलिक हक अधिकारका सवालमा सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । मन्त्री काफ्लेका अनुसार राजनीतिक परिवर्तन पछिको परिस्थितिमा राज्यका निकायहरू सेवा प्रवाह र अधिकार प्रदानका विषयमा योजनाबद्ध ढङ्गबाट काम गर्नुपर्ने हुन्छ । राजनीतिक परिवर्तन पछिको उपलब्धिहरू संस्थागत गर्दै योजना कार्यान्वयनमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
बालश्रम अन्त्य र बालबालिकाका अधिकार संविधानमा नै मौलिक हकका रूपमा रहेको उनको भनाइ छ । प्रदेश सरकार नागरिकको मौलिक अधिकार प्रदान तथा बालश्रम न्यूनीकरणमा निरन्तर रूपमा प्रयत्न गरिरहेको उनले बताए ।
‘नागरिकलाई संविधानले व्यवस्था गरेको मौलिक हक अधिकार प्रदानमा सरकार जिम्मेवार हुन जरुरी रहेको छ । बाल अधिकार र बालश्रमका अन्य संविधानको मौलिक हक अन्तर्गतका विषय हुन । बालश्रम अन्त्य तथा बाल अधिकारका सवालमा प्रदेश सरकार प्रयत्नरत रहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वरूपराज आचार्यले स्वर दिएको नयाँ गीत सार्वजनिक
-
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारीविरुद्ध खरो रूपमा उभिनुहोस्’
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाडौँबाट पक्राउ
-
बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो फार्मेसी
-
‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’