१५ हजार घुससहित प्रहरी हबल्दार अख्तियारको फन्दामा
बिहीबार, ३१ साउन २०८१, १९ : ५९
काठमाडौँ । १५ हजार रुपैयाँ घुससहित एक जना प्रहरी हवल्दालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्का बिहीबार पक्राउ परेका हुन् ।
भारतबाटभगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोली उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सिमरहा चौक नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण