गठ्ठाघरको प्रदर्शन साम्य पार्न २२ राउण्ड अश्रुग्याँस प्रहार
बिहीबार, ३१ साउन २०८१, २० : ५०
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएपछि सुरु भएको प्रदर्शन साम्य पार्न २२ राउण्ड अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्करबाट बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघर क्षेत्रमा प्रदर्शन भएको थियो ।
दुर्घटनापछि सुरु भएको विरोध तथा हुलदंगा नियन्त्रणमा लिन २२ सेल अश्रुग्याँस हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले रातोपाटीलाई बताए । ट्रक चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
स्कुटर प्रहरी वृत्त थिमीमा र ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा लगेर राखिएको छ । प्रदर्शन नियन्त्रणमा लिन एसपी बेद विष्टको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्रको टिम समेत परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण