गठ्ठाघरको प्रदर्शनमा प्रहरी उपरीक्षक विष्टसहित ३ जना घाइते
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएसँगै सुरु भएको प्रदर्शनमा प्रहरी उपरीक्षक (एसपी) वेद विष्टसहित ३ जना घाइते भएका छन् । घटनामा भक्तपुरका एसपी विष्ट, प्रहरी सहायक हवलदार बहादुरे राउत र मध्यपुर थिमी नगरपालिका–३ बस्ने सौगात सापकोटा घाइते भएका हुन् ।
काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनापछि भेला भएका करिब २ हजार व्यक्तिहरूले सो क्षेत्रमा प्रदर्शन गरेका थिए ।
प्रदर्शन साम्य पार्न भक्तपुरका एसपी विष्टको कमान्डमा ११८ जना, काठमाडौँबाट १३० जनाको थप मद्दत र सशस्त्र प्रहरीका १२० जना सुरक्षाकर्मी घटनास्थलमा खटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले २२ राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले आक्रमण गर्दा गठ्ठाघरमा रहेको प्रहरी बिटमा क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण