उपराष्ट्रपति यादवसँग होली सीका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि होली सी र भेटिकन सिटीका राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेट गरेका छन् ।
भेटमा शुभकामना आदान प्रदानपश्चात नेपाल र होली सीबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ । उपराष्ट्रपति यादवले सन् १९८३ मा दुई मुलुकबीच कूटनीतिकसम्बन्ध स्थापना भएपश्चात् रही आएको मैत्रीपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गरेका थिए ।
“नेपाल र होली सी दुवै विश्व शान्ति, सहिष्णुता तथा बृहत मानव कल्याणका मान्यतामा अटल विश्वास राख्ने मुलुक हुन्,” उनले भने, “शान्तिका अग्रदूत भगवान् बुद्धले दिनुभएको शान्ति सन्देश विश्व सामु पुर्याउन नेपालले सरोकारवालासँग हातेमालो गर्दै आएको छ ।”
राजदूत आर्कबिशप लियोपोल्डो जिरेलीले नेपाल र होली सी दुवै मुलुकको शान्ति, सहअस्तित्व र भ्रातृत्व साझा मूल्यमान्यता रहेको उल्लेख गर्दै दुवै देश मानव अस्तित्वलाई सम्मान गर्दै आएको बताए । “मलाई नेपालको वातावरण असाध्यै मन पर्छ,” उनले भने, “नेपालको हिमाल तथा पर्वत शृङ्खला विश्वका थुप्रै पर्यटकलाई आकर्षणको केन्द्र हुन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण