ज्योति मगरकाे प्रश्न : ‘छक्का पन्जा ५’को गीतमा संस्कारी किन बोलेनन् ?
काठमाडौँ । गायिका ज्योति मगरले फिल्म ‘छक्का पन्जा ५’को केही दिन अगाडि सार्वजनिक गीत ‘बिहे भाको छैन’ पनि समाज भड्काउने खालको भएकाे धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै अन्य गीतमा संस्कार सिकाउनेहरू फिल्मको गीत प्रति नबोलेको गुनासो गरेकी छन् ।
उनी लेख्छिन्, ‘बिस्तराले पोल्यो’, ‘३ महिने सुई लाउँछे’ जस्ता गीतहरूले समाज भड्किलो भयो भन्दै भुक्नेहरूले ‘छक्का पन्जा ५’को गीत ‘बिहे भाको छैन, कुमारी पनि हैन म’ गीतलाई कुन रूपले लिए होलान् । यो गीतको भाव बुझेनन् कि क्या हो ?’ उनले गीतले बिहे गर्या छैन । तर संसर्ग गर्याछु भन्न खोजेको समेत उनको भनाई छ ।
आगामी असोजको २४ गते फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मका लोक शैलीमा तयार यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ ।
दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण