गठ्ठाघर घटनाको छानबिन गर्न समिति बन्यो
काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो ।
उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।
यसअघि लेखकले एक जनाको ज्यान जानेगरी भएको गठ्ठाघरको उक्त सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।
बिहीबार दिउँसो ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको छ । उक्त घटनाको सार्वजनिक एक सीसीटीभी फुटेजमा ट्रकले स्कुटरलाई घिसार्दै लगेको देखिन्छ । घटनापछि बिहीबार दिनभर सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण