कर्मचारी खटाउने विषयमा विवाद हुँदा बकैया गाउँपालिकामा तालाबन्दी
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा उपाध्यक्ष भक्तबहादुर खत्रीको नेतृत्वमा तालाबन्दी गरिएको छ । पालिकाको शाखाको जिम्मेवारी तोक्ने विषयमा अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष खत्रीबिच विवाद भएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको हो ।
उपाध्यक्ष खत्रीको नेतृत्वमा भएको तालाबन्दीमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरूको ऐक्यबद्धता रहेको छ । गाउँपालिकाको सामाजिक र स्वास्थ्य शाखाको जिम्मेवारीका विषयमा विवाद हुँदा उपाध्यक्ष खत्रीको नेतृत्वमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिहरूले तालाबन्दी गरेका हुन् ।
फटिकरमण प्याकुरेल अधिकृत स्तर छैटौँलाई सामाजिक विकास र साही तहका रमेश फुयाललाई स्वास्थ्य शाखाको जिम्मेवारी तोक्ने गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले निर्णय गर्ने तयारी गरेसँगै उपाध्यक्ष खत्रीले असहमति जनाएको थिए । उपाध्यक्ष खत्रीले प्याकुरेललाई स्वास्थ्य शाखाको जिम्मेवारीमा नै राख्नुपर्ने माग गरेका थिए ।
उक्त विषयमा अध्यक्ष लामिछानेले आफ्नो निर्णयबाट पछि नहट्ने जनाएसँगै उपाध्यक्ष खत्रीले जे पनि हुनसक्ने चेतावनी दिएका थिए । यसअघि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाको जिम्मेवारी प्याकुरेलले सम्हाल्दै आएका थिए ।
गाउँपालिका अध्यक्षले एकलौटी रूपमा निर्णय गर्ने प्रवृत्ति बढेको भन्दै विरोध गरेको उपाध्यक्ष खत्रीले बताए । अध्यक्षले छलफल र समन्वय नै नगरी कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्ने, विवादास्पद निर्णयहरू गरेको उनको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष लामिछानेका अनुसार अध्यक्षको अधिकार क्षेत्रमाथि उपाध्यक्ष खत्रीले हस्तक्षेप गर्न खोजेको बताए । नागरिकको सेवा सहजताका लागि समान तहका २ जना कर्मचारीको जिम्मेवारी बाँडफाँड गर्दा उपाध्यक्ष खत्रीले अनावश्यक विवाद सुरु गरेको उनले बताए ।
उनकाअनुसार उपाध्यक्ष खत्रीले अध्यक्षको क्षेत्राधिकार माथि अनावश्यक राजनीतिक गरेर हस्तक्षेप गरेका हुन् । अध्यक्ष लामिछानेले नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष खत्री नेकपा माओवादीको तर्फबाट निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण