रिलायन्स स्पिनिङ आईपीओ प्रकरण– कम्पनीविरुद्धको उजुरी सीआईबीले राख्यो तामेलीमा
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल आईपीओ प्रकरणको मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामेलीमा राखेको छ । शुक्रबार धितोपत्र बोर्डलाई पत्र काट्दै सीआईबीले उक्त मुद्दा तामेलीमा राखेको जानकारी दिएको हो ।
बुकबिल्डिङ प्रणालीमार्फत पहिलो पटक आईपीओ जारी गर्न लागेको कम्पनीले कमजोर वित्तीय स्थिति हुँदाहुँदै महँगोमा सेयर बेच्न लागेको भन्दै कम्पनीविरुद्ध सीआईबीमा उजुर परेको थियो । १०० रुपैयाँ अंकित सेयर मूल्यमा थप ७२० रुपैयाँ ८० पैसा प्रिमियम थप गरेर कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर निष्कासन गर्न लागेको थियो । उक्त मूल्य कसरी निर्धारण गरिएको हो ? र कमजोर वित्तीय स्थिति हुँदाहुँदै किन महँगोमा सेयर निष्कासन गर्न लागिएको हो ? भन्दै सीआईबीले नियामक धितोपत्र बोर्डलाई प्रश्न सोधेको थियो ।
उक्त प्रश्नको प्रतिउत्तरमा धितोपत्र बोर्डले साउन २४ गते सीआईबीलाई ४८ पृष्ठ लामो जवाफ पठाएको थियो । कम्पनीलाई बुक विल्डिङ्ग प्रणालीबाट आईपीओ जारी गर्न दिएको अनुमति र कम्पनीको वित्तीय रिपोर्ट अनुसार कहीँ कतै कमजोरी नभएको भन्दै धितोपत्र बोर्डले कहिकतै कमजोरी नभएको र कम्पनीमाथि थप अनुसन्धान समेत गर्न आवश्यक नरहेको भन्दै सीआईबीलाई लिखित जवाफ पठाएको थियो । रिलायन्सको वित्तीय विवरण बदनियतपूर्वक भएको नभेटिएकोले थप अनुसन्धान आवश्यक नपर्ने उल्लेख धितोपत्र बोर्डले सिआईबीलाई लेखेको पत्रमा छ ।
‘धितोपत्र सम्बन्धी ऐन २०६३ र सो अन्तर्गत बनेको धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र निष्कासन तथा बाँडफांड निर्देशिका २०७४ र बुक बिल्डिङ्ग निर्देशिका २०७७ अनुसार नै मूल्य निर्धारण गरिएको र कम्पनीको वित्तीय विवरण प्रमाणित गर्ने एसएआर एसोसीएट्सले रिलायन्सको २०८०÷८१ को प्रथम त्रैमासको प्रति सेयर आम्दानी ०.९६ पैसा र २०८०÷८१ कोप्रति सेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा प्रक्षेपण गरेको र सो प्रक्षेपणमा धितोपत्र बोर्डमा पटक पटक अध्ययन अनुसन्धान भएको विषयलाई आधार मान्दा उक्त कम्पनीको वित्तीय प्रक्षेपण असम्भव वा बदनियतपूर्ण गरेको भन्न सकिने अवस्था नदेखिँदा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ बमोजिमको कसुर गरेको भन्न सकिने अवस्था नदेखिएको र वित्तीय विवरणमा कुनै पनि किसिमको कसुर नभएकाले सीआईबिले थप अनुसन्धान गरिरहन आवश्यक समेत देखिँदैन,’ धितोपत्र बोर्डले सीआईबीलाई लेखेको पत्रको निष्कर्षमा भनिएको छ ।
धितोपत्र बोर्डबाट यस खालको जवाफ पाएसँगै सिआईबीले साउन ३२ गते शुक्रबार पत्र लेख्दै उक्त मुद्दा तामेलीमा राखेको बोर्डलाई जानकारी दिएको हो । बोर्डबाट कम्पनीमाथि थप अनुसन्धान गर्न नपर्ने उल्लेख गरेकाले उक्त मुद्दालाई तामेलीमा राखिएको सिआईबीले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण