निगमको नौ बुँदे प्रस्टीकरण : आम्दानी गत तीन वर्षमा दोब्बर बढीले वृद्धि
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेवानी)ले निगमका अन्तर्राष्ट्रियतर्फ तीनवटा विमान नियमित सञ्चालनमा रहेको र एउटा विमान ए ३३०, ९ एएलवाई जहाज इटालीमा मेन्टिनेन्स गरेर अगस्तभित्र आइपुग्ने प्रस्ट पारेको छ ।
शुक्रबार निगमबारे आइरहेका भ्रमपूर्ण समाचारको खण्डन गर्दै निगमले नौ बुँदे प्रस्टीकरण सार्वजनिक गरेको हो ।
जसमा आन्तरिकतर्फ एक ट्वीनअटर जहाज नियमित सञ्चालनमा रहेको र अर्कोको इन्जिन मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी भएकाले दशैँसम्ममा सेवा प्रवाह गर्ने जनाएको छ ।
‘नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बर भन्दा बढीले वृद्धि भएको छ । महालेखा परीक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ’, निगमले विज्ञप्तिमा भनेको छ, ‘आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ । यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेको छ ।’
निगमले चिनियाँ जहाज सञ्चलनका सन्दर्भमा विभिन्न समितिको प्रतिवेदनका आधारमा दुई पटक बिक्रीका लागि बोलपत्र आह्वान गर्दा बोलपत्र नपरेको जनाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोवडी र दुई वाइडवडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात २०८१ असार सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण