ट्राफिक प्रहरीको विशेष चेकिङमा ३ जना नियन्त्रणमा

काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन साधन चलाउँदै गरेका ३ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौँको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
ना ३ ख ७४ १२ नम्बरका भाडा कन्टेनर चालक रसुवाको गोसाईकुण्ड गाउँपालिका ५ का २८ बर्षीय सबिन तामाङ, बाग्मती प्रदेश ०६-००१ क ०१५३ नम्बरका ट्रक चालक चितवनको भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय विनोद विश्वकर्मा र बाग्मती प्रदेश ०६-००१ ज ०२७१ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका ४ का २८ वर्षीय पवन सापकोटालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब, Drugs kit मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ । नागढुङ्गामा १० ओटा सवारी साधनलाई चेक गर्दा ३ ओटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट