स्वास्थ्य मन्त्रालयले ल्यायो राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० ल्याएको छ । मन्त्रालयले साउन ३१ गते मन्त्रीस्तरबाट स्वकृत गराई नीति ल्याएको हो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण, मादक पदार्थको नियमन, खानपान र मोटोपना, शारीरिक गतिविधि, पाठेघरको मुखको क्यान्सर, हेपाटाइटिस बी भाइरस लगायत विषयलाई प्राथमिकतामा राखेर नीति ल्याएको हो ।
विश्वभर नसर्ने रोगहरूको रोगभार बढ्दै गइरहेको छ । विश्वमा हुने कूल मृत्युमध्ये क्यान्सरको कारण हुने मृत्यु दोस्रो उच्च रहेको सो रणनीतिमा उल्लेख छ ।
सन् २०२२ मा विश्वभर करिब दुई करोड क्यान्सरका नयाँ बिरामी देखा परेका थिए भने क्यान्सरको कारण ९७ लाखभन्दा बढीले ज्यान गुमाएका थिए ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली क्षेत्र क्यान्सरका नयाँ बिरामीहरूको भारका आधारमा चौथो उच्च बिरामी भएको क्षेत्रमा पर्दछ भने क्यान्सरको कारण हुने मृत्युका आधारमा तेस्रो उच्च मृत्यु हुने क्षेत्रमा पर्दछ ।
रणनीति अनुसार विश्वव्यापीकरणसँगै तीव्र रूपमा परिवर्तन हुँदै गएको जीवनशैली ( खानपान र रहन सहन) ले क्यान्सरका जोखिमका कारक तत्त्वहरू बढ्दै गएका छन् । नेपाल लगायत विभिन्न देशहरूमा भएको सर्वेक्षणहरूले खानपान र जीवनशैलीमा भएको परिवर्तनका साथै शारीरिक क्रियाकलापमा आएको कमीले क्यान्सर जस्ता नसर्ने रोगहरू बढेको देखाएको छ ।
नेपालमा पनि नसर्ने रोगहरूको भार बढ्दै गइरहेको छ । विगत एक दशकको अवधिमा क्यान्सर रोगीहरू १३ प्रतिशतले वृद्धि भएका छन् । नेपालमा हुने कूल मृत्युमध्ये दुई तिहाइ भन्दा बढी हिस्सा ( ७१ प्रतिशत) नसर्ने रोगहरूको कारणले हुने गर्दछ जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको रणनीतिमा उल्लेख छ ।
रणनीति अनुसार नेपालमा सन् २०२२ मा क्यान्सरका २२ हजार जना नयाँ बिरामीहरू देखा परेका थिए भने १४ हजारभन्दा बढीले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । नेपालमा धेरै देखिने क्यान्सरहरूमा फोक्सोको क्यान्सर, स्तनको क्यान्सर, पाठेघरको क्यान्सर लगायत रहेका छन् ।
राष्ट्रिय स्वास्थ्य लेखा प्रतिवेदनका अनुसार नेपालले नसर्ने रोगहरूको स्वास्थ्य उपचारमा सबैभन्दा उच्च ६४.४ अर्ब रुपैयाँ खर्च गर्ने गर्दछ जुन चालू स्वास्थ्य खर्चको ३१८ प्रतिशत हो । त्यसैगरी स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्चको ४०.३ प्रतिशत नसर्ने रोगहरूको उपचारमा खर्च हुने गरेको तथ्यांक रहेको रणनीतिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण