जर्मन कपमा बायर्नको गोल वर्षा
म्युनिख । बायर्न म्युनिखले जर्मन कपको पहिलो राउन्डमा दोस्रो डिभिजन टोली उल्ममाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले गोल वर्षा गर्दै ४–० ले खेल आफ्नो पक्षमा पारेको हो ।
खेलको १२ औँ मिनेटमा थोमस मुलरले बायर्नलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि सर्जी ग्नाब्रीको पासमा उनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ७९ औँ मिनेटमा किंग्सले कोमानले टोलीका लागि तेस्रो गोल गरे भने इन्जुरी समयमा ह्यारी केनले अर्को गोल थप्दै टोलीलाई सहज जित दलाए ।
यो नयाँ म्यानेजर भिन्सेन्ट कोम्पानीको नेतृत्वमा टोलीको पहिलो प्रतिस्पर्धात्मक खेल थियो । गत सिजन बायर्न सन् २०१२ पछि पहिलोपटक उपाधिविहीन बनेपछि उनलाई क्लबले म्यानेजर पदमा नियुक्त गरेको हो ।
२९ पटकको जर्मन कप विजेता बायर्न सन् २०१९–२० सिजनमा ट्रेबल जिते यता प्रतियोगिताको क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेको छैन । उता, उल्म पछिल्लो २३ वर्षमा पहिलोपटक जर्मनीको दोस्रो डिभिजनमा उक्लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण