परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाने
_UrivbcCD9w.jpg)
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले भदौ २ गते (आइतबार)देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको यस भ्रमणले नेपाल भारतबिचको सदियौंदेखिको पुरानो, गहिरो र बहुआयमिक द्धिपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने समेत मन्त्रालयले जनाएको छ ।
मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश