गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु
शनिबार, ०१ भदौ २०८१, १९ : ४०
गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको बताएको छ । मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए ।
इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । “अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ”, बस्सलले भने ।
उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने,“तिनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए ।उनीहरुको के दोष थियो ?”
इजरायल र हमासबिच १० महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण