आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक : महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थ मन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेको कार्यलाई सकारात्मक काम भएको बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै आर्थिक सुधारका लागि लामो समयदेखि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेकोमा ढिलै भए पनि सरकारले सम्बोधन गर्न लागेकोमा खुसी व्यक्त गरेको हो ।
अर्थतन्त्र सम्बद्ध क्षेत्रबिच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकोले महासङ्घले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो ।
‘ महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु’ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
यसलाई अर्थ मन्त्रालयले एक सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गरेको छ । महासङ्घले मितव्ययी रूपमा आयोग सञ्चालनको ढाँचा तयार गर्न पनि महासङ्घले प्रस्ताव गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण