घुससहित पक्राउ परेका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ९ लाख १२ हजार बिगो कायम
काठमाडौँ । घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध ९ लाख १२ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो ।
कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत उनीहरुले सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले धामीद्वयलाई केही अघि नगद चार लाख बाह्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
यस्तै अशोक सिंह धामीको नाममा काटिएको दुई लाख ५० हजार दरको दुई वटा चेक समेत बरामद भएको थियो ।
निजहरुविरुद्ध कुल ९ लाख १२ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण