कक्षा १२ को नतिजामा ‘एनजी’ आएका विद्यार्थीको पुनर्योग गर्दा ‘ए’ ग्रेडसम्म
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा समेत एनजी (नन ग्रेडेड) आएका विद्यार्थीको जति ‘ए’ ग्रेडसम्म आएको छ । बोर्डको साउन ३१ गते बसेको उत्तरपुस्तिका पुनर्योग समितिको निर्णय अनुसार नन ग्रेड आएका विद्यार्थीहरूको नतिजा परिवर्तन भई ए ग्रेडसम्म आएको पाइएको हो ।
पहिलो चरणमा सार्वजनिक गरिएको नतिजाअनुसार चार जनाको विषयगत ग्रेड ‘ए’ आएको छ । पहिलो चरणमा एनजी आएर पुनर्योगका लागि आवेदन दिएका १० हजारमध्ये सात हजार विद्यार्थीको पुनर्योग गरिएको बोर्डले जनाएको छ ।
बोर्डले अनिवार्य नेपाली (००२१), अनिवार्य अंग्रेजी (००४१), सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (००६१), अनिवार्य गणित (००८१), भौतिकशास्त्र (१०२१), जीवविज्ञान (२०२१), रसायनशास्त्र (३०२१) र कम्प्युटर विज्ञान (४२८१) विषयको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । यी विषयमा यसअघि एनजी आएका तर, पुनर्योग गर्दा ५५ जनाको नतिजा परिवर्तन भएको बोर्डले जनाएको छ । तीमध्ये ४ जनाको ‘ए’ ग्रेड आएको हो ।
बोर्डका अनुसार अनिवार्य नेपालीमा नौ जनाको नतिजा परिवर्तन भएको छ । त्यस्तै अनिवार्य अंग्रेजीमा यसअघि एनजी आएका २० जनाको पुनर्योगपछि नतिजा परिवर्तन भएको हो । त्यस्तै सामाजिक अध्ययनमा १४ जनाको नतिजा परिवर्तन भएको छ । परिवर्तन भएका मध्ये एक जनाको नतिजा ए ग्रेड आएको छ । गणितमा एनजी आएका ६ जनाको नतिजा परिवर्तन भएको छ । फिजिक्समा तीन, बायलोजीमा दुई र कम्प्युटर साइन्समा एक जनाको नतिजा परिवर्तन भएको हो ।
रसायनशास्त्र विषयमा कुनै पनि विद्यार्थीको पुनर्योगको नतिजा परिवर्तन नभएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजामा समेत चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन भएपश्चात् १५ दिनभित्रमा तोकिएको शुल्क बुझाई निवेदन दिनुपर्ने कक्षा १२ का परीक्षा नियन्त्रण कृष्ण शर्माले बताए । त्यसका लागि दुई हजार रूपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।
पुनर्योगका लागि बोर्डले आजसम्म आवेदनको समय दिएको छ । आजसम्म ४० हजार विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण