आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हावाहुरीको बितन्डा : एकको ज्यान गयो, सडकदेखि विद्युतसमेत अवरुद्ध

बुधबार, २६ वैशाख २०७५, १२ : २७
बुधबार, २६ वैशाख २०७५

सिरहा– सिरहाको मिर्चैया नगरपालिका १० पिपरामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । कमला नदीको किनारमा शौच गर्न गएका बेला हावाहुरीले स्थानीय ७५ वर्षिया सगुनी महतोको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी राजन भेटवालका अनुसार बुधबार बिहान चलेको हाबाहुरीले सिरहाको बिभिन्न स्थानमा लाखौ मुल्यको धनमालको समेत क्षति भएको छ । 

हाबाहुरीसँगै आएको पानीले आँपलाई ठुलो नोक्सानी पुर्याएकोे किसानहरुले बताएका छन् । सिरहामा हावाहुरीले आँप र गहँु बालीमा १० करोड रुपैयाँ बरारबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।  

त्यस्तै ठाउँठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । फुस र टिनको छानो भएका घरहरु उडाएको छ । हुरीले विद्युतका थुप्रै पोलहरु ढालिदिएपछि विद्युत र टेलिफोन सेवा पनि अवरुद्ध छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले रुख ढलेर अवरुद्ध भएको पूर्व–पश्चिम लोकमार्ग प्रहरीले सुचारु गराएको बताएका छन् । त्यस्तै काँचो इँटा विग्रिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप