हावाहुरीको बितन्डा : एकको ज्यान गयो, सडकदेखि विद्युतसमेत अवरुद्ध
सिरहा– सिरहाको मिर्चैया नगरपालिका १० पिपरामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ । कमला नदीको किनारमा शौच गर्न गएका बेला हावाहुरीले स्थानीय ७५ वर्षिया सगुनी महतोको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी राजन भेटवालका अनुसार बुधबार बिहान चलेको हाबाहुरीले सिरहाको बिभिन्न स्थानमा लाखौ मुल्यको धनमालको समेत क्षति भएको छ ।
हाबाहुरीसँगै आएको पानीले आँपलाई ठुलो नोक्सानी पुर्याएकोे किसानहरुले बताएका छन् । सिरहामा हावाहुरीले आँप र गहँु बालीमा १० करोड रुपैयाँ बरारबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । 
त्यस्तै ठाउँठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ । फुस र टिनको छानो भएका घरहरु उडाएको छ । हुरीले विद्युतका थुप्रै पोलहरु ढालिदिएपछि विद्युत र टेलिफोन सेवा पनि अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालले रुख ढलेर अवरुद्ध भएको पूर्व–पश्चिम लोकमार्ग प्रहरीले सुचारु गराएको बताएका छन् । त्यस्तै काँचो इँटा विग्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण