दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाका लागि क्यारेबियन टोलीमा परेनन् आन्द्रे रसेल र जासन होल्डर
काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि आफ्नो टोलीको घोषणा गरेको छ । वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग तीनवटा टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम रहेको छ ।
क्यारेबियन टोलीमा आन्द्रे रसेल र जासन होल्डरजस्ता प्रभावशाली खेलाडीको अनुपस्थितिले भने धेरैलाई आश्चर्यमा पारेको छ । होल्डर र रसेलले केही समय आराम गर्न चाहेकाले उनलाई टोलीमा समावेश नगरिएको बताइएको छ ।
होल्डरले यसअघि लगातार पाँचवटा टेस्ट खेलेका थिए । क्यारेबियन टोलीको कप्तानको जिम्मेबारी भने रोभमन पावेललाई नै दिइएको छ । उप–कप्तानको भूमिकामा रोस्टन चेज रहेका छन् । वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबिचको टी–२० शृंखला अगस्त २४ देखि २८ तारिखसम्म चल्नेछ ।
सबै टी–२० खेल ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा खेलिने छ । वेस्ट इन्डिजको टोलीमा केही नयाँ अनुहार पनि समावेश गरिएको छ । ‘हामीले टोलीमा केही नयाँ खेलाडीलाई पनि समावेश गरेका छौँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ प्रतिभाले पनि अवसर पाउनु पर्छ,’ वेस्ट इन्डिज क्रिकेटका निर्देशक माइल्स बास्कोम्बेले भनेका छन् ।
टी–२० शृंखलाको पहिलो खेल अगस्त २४ मा, दोस्रो खेल अगस्त २६ मा र तेस्रो तथा अन्तिम खेल अगस्त २८ तारिखमा खेलिने छ । नेपाली समय अनुसार, तीनवटै टी–२० खेल खेल राति १२ः१५ बजे सुरु हुनेछ ।
घोषित क्यारेबियन टोलीमा रोभमन पावेल (कप्तान), रोस्टन चेज (उप–कप्तान), एलिक एथनाज, जोन्सन चाल्र्स, म्याथ्यू फोर्ड, शिमरोन हेट्मायर, फाबियन एलन, शाई होप, अकिल होसैन, शामर जोसेफ, ओबेड म्याकाय, गुडाकेश मोटी, निकोलस पुरण, शेरफन रदरफोर्ड र रोमारियो शेफर्ड रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026