शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गीता एभियसनलाई ‘वेस्ट पाइलट तथा क्याबिन क्रु ट्रेनिङ इन्स्टिच्युट’ अवार्ड

सोमबार, ०३ भदौ २०८१, ११ : ५१
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । हवाई जनशक्ति पाइलट तथा क्याबिन क्रु तथा मेकानिक इन्जिनियरहरूको तालिम केन्द्र गीता एभियसन इन्स्टिच्युट सम्मानित भएको छ । हालैमात्र राजधानीमा सम्पन्न ग्यालेक्सी एक्सेलिन्सी अवार्डबाट गीता एभियसन वेस्ट पाइलट तथा क्याबिन क्रु ट्रेनिङ इन्स्टिच्युट अफ दी एयर अवार्डबाट सम्मानित हुन सफल भएको हो । 

निकिला मिडिया नेटवर्कको आयोजनामा भएको अवार्डको तेस्रो संस्करणमा विभिन्न पेसामा आबद्ध देशभरका करिब ३५ जना व्यक्ति तथा संस्था सम्मानित भएका छन् ।  उक्त अवर्डाबाट सम्मानित गीता एभिएसन, हवाई उड्यान क्षेत्रमा काम गर्ने पाइलट, क्याबिन क्रु तथा एयर होस्टेज लगायत हवाई इन्जिनियरहरूलाई तालिम तथा प्रशिक्षण दिँदै आएको छ । 

IMG_7103

सन् २०११ मा स्थापना भएको यो संस्था शुरुमा एभियसन कन्सल्टटेन्टको रूपमा रहे पनि सन् २०१७ पछि भने हवाई उड्यनको क्षेत्रमा पूर्ण रूपमा काम गर्ने गरी प्रशिक्षण तथा तालिमको क्षेत्रमा प्रवेश गरेको हो । 

कम्पनीले हाल नेपालसँगै बाहिरको हवाई उड्यान क्षेत्रसँग समेत साझेदारी गर्दै अनुभवी र उच्च तालिम प्राप्त हवाई जनशक्तिको उत्पादन गर्दै आएको कम्पनीको दाबी छ । 

गीता एभियसनले हालसम्म एक सय बढी पाइलट र ९५० भन्दा बढी पाइलट तथा क्याबिन क्रुहरुलाई पास आवट गरिसकेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप