प्रवासी नेपालीहरूसँग गुहार माग्न अष्ट्रेलिया आएँ : लिङ्देन
अष्ट्रेलिया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासी नेपालीहरूसँग गुहार माग्न आफू अष्ट्रेलिया आएको बताएका छन् ।
उनले गत चुनावको दृष्टान्त प्रस्तुत गर्दै चुनावका बेला भोट माग्न जाँदा अर्कै पार्टी समर्थक मतदाताले समेत आफूलाई विदेशमा बस्ने छोराले सिफारिश गरे अनुसार नै राप्रपालाई भोट हाल्ने बताएपछि देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने लागेको बताए ।
उनले नेपाल दुईवटा भएको भन्दै नेपालको भूगोलभित्रको नेपाल र नेपाल बाहिर विश्वभरि छरिएर रहेको नेपाल भावनाको नेपाल भएको धारणा राखे । उनले आगामी निर्वाचनमा राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्थासहितको नवीन समझदारीको एजेन्डालाई साथ दिन यहीँबाट पनि पहल गरिदिन सहयोग मागे ।
राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाँचौँ वार्षिकोत्सव पारेर मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा राप्रपाका नेताहरू भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजंग कार्की समेत सहभागी थिए । उक्त अवसरमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
लिङ्देन नेतृत्वको टोली यतिबेला अष्ट्रेलियाका विभिन्न शहरमा विविध कार्यक्रममा सहभागी हॅुदैछ । अष्ट्रेलियाको कार्यक्रम सम्पन्न गरी लिङ्देन भदौ १० गते स्वदेश फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण