पूर्वराजाको जन्मोत्सव सम्बन्धी सूचना गलत : पाठक*
बुधबार, ०३ असार २०८३, १२ : १९
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले शाहको जन्मोत्सव सम्बन्धी सूचना गलत भएको बताएको छ । बुधवार संवाद सचिवालयका सचिव फणिराज पाठक एक विज्ञप्ति जारी गर्दै पूर्वराजाको जन्मोत्सव सम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको जानकारी दिएका हुन् ।
पाठकले भनेका छन् : ‘श्री ५ महाराजाधिराजको शुभ जन्मोत्सवको सन्दर्भमा संवाद सचिवालय द्वारा जारी भएको विज्ञप्ति भन्दै सामाजिक सञ्जालमा फैलिएको गलत सूचनाप्रति संवाद सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । साथै, संवाद सचिवालयबाट हाल कुनै पनि प्रकारको सूचना जारी नगरिएको तथ्य सबैमा सूचित गर्दछु ।’
यसअघि पूर्वराजाको जन्मोत्सवसम्बन्धी समाचारमा अन्यथा भएकोमा सच्याइएको छ ।*-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
-
रुसमाथि पुनः तेल प्रतिबन्ध लगाइने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण