प्रशिक्षार्थी डाक्टर बलात्कार–हत्या प्रकरणमा भारतीय सर्वोच्च अदालतको कडा टिप्पणी
नयाँ दिल्ली । कोलकतामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या गरिएको मुद्दामा मंगलबार भारतको सर्वोच्च अदालतले सुनुवाइ गरेको छ । अदालतले यस मामिलालाई स्वतः संज्ञानमा लिएको छ । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यो सुनुवाइ गरेको हो ।
‘यस्तो लाग्छ कि अपराधको पत्तो केही बेरमै लागेको थियो । तर मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या बताउन खोजे,’ अदालतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले समाचार छापेको छ ।
‘अधिकांश युवा डाक्टरहरू ३६ घण्टा काम गर्छन् । काम गर्ने सुरक्षित वातावरण सुनिश्चित गर्न हामीले राष्ट्रिय प्रोटोकल विकास गर्नुपर्छ,’ अदालतले भनेको छ । महिलाहरू काममा जान नसक्नु अनि गएकाहरू पनि कार्यस्थलमा सुरक्षित नहुन् भनेको उनीहरूलाई समानताको अधिकारबाट वञ्चित गर्नु भएको पनि बताइएको छ । पीडितको नाम मिडियामा जताततै प्रकाशित भएकोमा अदालतले चिन्ता व्यक्त गरेको छ । आरजी कार अस्पतालका प्रिन्सिपलको आचरण छानबिन भइरहँदा उनलाई तत्कालै अर्को कलेजमा कसरी नियुक्ति गरियो भनेर पनि अदालतले प्रश्न उठाएको छ ।
साथै अदालतले कोलकाता प्रहरीमाथि पनि प्रश्न उठाएको छ । यस मामिलामा एफआईआर दर्ता गर्नमा ढिलाइ गएको भन्दै अदालतले पश्चिम बङ्गाल सरकारलाई हप्काएको छ । अस्पताल प्रशासन त्यतिबेला के गरिरहेको थियो भनेर पनि सोधिएको छ । राज्यमा कानुन व्यवस्था पूर्ण रूपमा असफल भएको सलिसिटर जनरल तुषार मेहताले भनेका छन् । पुलिसको जानकारी बिना ७ हजारको भीड आरजी कार अस्पतालमा प्रवेश गर्न नसक्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण