ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा
कैलाली । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् ।
बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका हुन् । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइन थालेको स्थानीय भक्तप्रसाद भण्डारीले बताए ।
उनका अनुसार ठूलीगाड क्षेत्रमा अहिले जाल खेलाउँदा आधा घण्टाभित्रै चार पाँच किलो माछा मार्न सकिन्छ । जालमा अहिले एक घण्टामा दुई किलोदेखि २० किलोसम्मका माछा पर्ने गरेको उनको भनाइ छ ।
पछिल्लो पटक लामो समयदेखि खडेरीका कारण नदीमा पानीको सतह कम हुन थालेपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेकामा वर्षात्को समयमा भने पानीको सतह बढेसँगै विभिन्न प्रजातिका माछा पाइने गरेको चुरे गाउँपालिका–३ का स्थानीय टेकबहादुर शाहले बताए ।
उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको शाहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण